काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाे अवराेधका कारण सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएकाे हाे । साेमबार बैठक सुरु हुनासाथ कांग्रेसले वेल घेराउ गर्दै नाराबाजी गरेकाे थियाे ।
