काठमाडौँ । प्रधानमन्त्रीले मागेको विश्वासको मतको मतदान प्रक्रिया नेपाली कांग्रेसले बहिष्कार गरेको छ ।
नेपाली कांग्रेससहितका प्रतिपक्षी दलले सोमबार प्रतिनिधि सभामा भएको मतदान बहिष्कार गरेको हुन् । प्रधानमन्त्रीले विश्वासको मत माग्दा र मतदानको समय भरि कांग्रेसका संसद्ले प्रतिनिधि सभामा नाराबाजी गरेका थिए ।
मतदान प्रक्रियामा सत्ता पक्षका सांसदले मात्र मतदान गर्नुभएको छ । प्रधानमन्त्रीको पक्षमा १ सय ५७ मत मत परेको छ भने विपक्षमा शून्य मत खसेको छ ।
