काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसकाे अहिलेकाे क्रियाकलापकाे नतिजा आगामी चुनावमा देखिने बताउनुभएकाे छ ।
साेमबार कांग्रेसकाे अवराेधबीच प्रतिनिधि सभाबाट विश्वासकाे मत पाएपछि संघीय संसद् भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीका जिज्ञासाकाे संक्षिप्त जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले त्यसाे भन्नुभएकाे हाे । प्रधानमन्त्रीज्यू कांग्रेसले कस्ताे मूल्य चुकाउनुपर्ने हाे भन्ने सञ्चारकर्मीकाे प्रश्नमा उहाँले भन्नुभयाे - 'आउने चुनावमा देखिन्छ ।'
साेमबार प्रतिनिधि सभामा विश्वासकाे मत लिने क्रममा कांग्रेसले नाराबाजी गरेपछि प्रधानमन्त्री प्रचण्डले कांग्रेसकाे गतिविधि इतिहासकै कलंकका रुपमा रहने र यसका लागि कांग्रेसले ठूलाे मूल्य चुकाउनुपर्ने बताउनुभएकाे थियाे ।
