काठमाडौं । राष्ट्रिय सभाको आजकाे बैठकमा पनि नेपाली कांग्रेसले अवराेध गरेकाे छ ।
साेमबार बसेको राष्ट्रिय सभाको बैठकमा कांग्रेसले अवरोध गरेपछि बैठक भाेलिसम्मका लागि स्थगित भएकाे छ । कांग्रेकाे अवराेधपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले जेठ ८ गते मंगलबार १ : १५ बजे बस्ने गरी बैठक स्थगित गर्नुभएकाे हाे ।
सहकारी ठगी काण्डमा संसदीय छानबिन समिति नबनाएकाे भन्दै कांग्रेसले प्रतिनिधि सभाकाे आजकाे बैठक पनि अवरुद्ध गरेकाे थियाे । कांग्रेसकाे अवराेधबीच प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासकाे मत लिनुभएकाे छ ।
