काठमाडाैं । सरकारले राजनीतिक दलसम्बन्धी (दाेस्राे संशाेधन) विधेयक, २०८० फिर्ता लिएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० फिर्ता लिएकाे हाे ।
बैठकमा नेपाली कांग्रेसको वेल घेराउ र नाराबाजीबीच उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस गर्नुभएकाे थियाे ।
प्रस्तावमाथि विराेधकाे सूचना प्राप्त नभएकाे भन्दै सभामुख देवराज घिमिरेले साे प्रस्तावलाई निर्णयार्थ पेस गर्दै बहुमतले पारित भएकाे घाेषणा गर्नुभयाे ।
सहकारी ठगीमा संलग्न गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने माग गर्दै कांग्रेसले लागतार सदन अवरुद्ध गर्दै आएको छ ।
प्रतिनिधि सभाकाे अर्काे बैठक जेठ ११ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।
