काठमाडाैं । सरकारकाे आगामी आर्थिक वर्ष २०८१-८२ काे नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा जेठ ११ गते छलफल हुने भएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रममाथि छलफल गर्न र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट जवाफ दिनका लागि २०८१ जेठ ११ गतेकाे दिन ताेकेकाे जानकारी गराउनुभयाे ।
उहाँले नीति तथा कार्यक्रमाथि संशाेधन पेस गर्न चाहाने सांसद्ले जेठ ९ गते बुधबार बिहान ९ बजे देखि दिउँसाे २ बजेसम्म संसद् सचिवालयमा संशाेधनकाे सूचना दिन सक्ने बताउनुभयाे ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसकाे अवराेधबीच मंगलबारकाे प्रतिनिधि सभा ३१ मिनेट ३३ सेकेण्ड बैठक चलेकाे थियाे ।
