काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् डा. स्वर्णिम वाग्लेले सदनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाे विराेधकाे कुनै औचित्य नरहेकाे बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा सरकारकाे नीति तथा कार्यक्रमाथिकाे छलफलमा भाग लिँदै सांसद् वाग्लेले संसदीय समिति बनाउन सहमति भइसकेकाले कर्मकाण्डीकाे विराेधकाे कुनै औचित्य नभएकाे बताउनुभयाे । 'संसदीय छानबिन समिति बनाउनका लागि सहमति भएकाे छ, याे औचित्यहीन कर्मकाण्डी विराेधकाे कुनै सान्दर्भिकता छैन, टीओआरमा नेगाेसेसन चलिरहेकाे छ, १-२ शब्दमा गएर अड्किएकाे छ,याे औचित्यहीन कर्मकाण्डका लागि म खेद प्रकट गर्न चाहान्छु'- उहाँले भन्नुभयाे ।
उहाँले संसद्काे ओज, गरिमा र उपाधेयितालाई असान्दर्भिक बनाउन विराेध गरिएकाे भन्दै सांसद् वाग्लेले साे कदमप्रति घाेर खेद प्रकट गर्नुभयाे ।
सांसद् वाग्लेले वीपी काेइरालाकाे नाम लिएर बाेल्ने क्रममा कांग्रेसका सांसद्ले नाराबाजीसँगै हाेहल्ला समेत गरेका थिए । 'असहज वातावरणमा यसरी संसद्मा बाेल्नुपर्छ जस्ताे लागेकाे थिएन, वीपी काेइरालाले ६५ वर्षअघि स्थापित गर्नुभएकाे मानकलाई भत्काउँदै याे लज्जास्पद याे औचित्यहीन विराेधप्रति मेराे घाेर खेद छ संसद्काे ओज, संसद्काे गरिमा र संसद्काे उपाधेयितालाई असान्दर्भिक याे कदमप्रति घाेर खेद छ, विराेध हाे कि समाधानउन्मुख हुने हाे कि ? व्यक्तिकेन्द्रित भएर खराब नजिर बनाउने हाे ?'- उहाँकाे प्रश्न छ ।
लाेकतान्त्रिक संस्कार धरमराएकाे बेला, थिति बरालिएकाे बेला र नजिरहरु बिग्रेका बेला आफूहरुले राखेका कुराकाे सान्दर्भिकता नफेरिएकाे सांसद् वाग्लेले बताउनुभयाे । क्रमिक सुधारकाे बिजाराेपण भएकाे भन्दै उहाँले नीति तथा कार्यक्रममा ठाेस रुप दिनेगरी अगाडि बढ्नुपर्ने बतनउनुभयाे ।
