काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
मंगलबार संघीय संसद्का दुवै संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको लागि ५७ अर्ब २९ करोड बजेट विनियोजन गरिएकाे जानकारी दिनुभयाे ।
