काठमाडौं । सरकारले आगामी वर्षका लागि मलका लागि २७ अर्ब ९५ करोड रुपैयाँ रकम विनियोजन गरेको छ ।
मंगलबार संघीय संसद्का दुवै सदनकाे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८१-०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट मार्फत कृषकलाई समयमा नै मल आपूर्ति गर्नका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएकाे जानकारी दिनुभयाे ।
