काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड रकम विनियोजन गरेको छ ।
मंगलबार संघीय संसद्का दुवै सदनकाे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८१-०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सूचना प्रविधि तथा सञ्चार मन्त्रालयका लागि ७ अर्ब ३५ करोड रकम विनियोजन गरिएकाे बताउनुभयाे ।
उहाँले लुम्बिनी प्रदेशमा पत्रकार कृष्णसेन इच्छुक सञ्चारग्राम स्थापना गरिने उहाँले बताउनुभयाे । सञ्चारमाध्यमलाई प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिने र हुलाकलाई सूचना प्रविधि केन्द्रको हबका रुपमा रुपान्तरण गर्ने अर्थमन्त्री पुनले बताउनुभयाे ।
