काठमाडाैं । सरकारले दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ कराेड रुपैयाँ बजेट विनियाेजन गरेकाे छ ।
मंगलबार संघीय संसद्का दुवै सदनकाे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८१-०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले प्रारम्भिक बाल शिक्षादेखि कक्षा ५ सम्मका ३० लाख विद्यार्थी लाभान्वित हुने दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ कराेड बजेट विनियाेजन गरेकाे बताउनुभयाे ।
उहाँले कर्णाली प्रदेशका हुम्ला, जुम्ला, मुगु, डाेल्पा र कालिकाेटमा दिइँदै आएकाे दिवा खाजाकाे रकम वृद्धि गरेकाे बताउनुभयाे । ७ प्रदेशका १-१ स्थानीय तहमा एकीकृत भान्साकाे अनुरुप मेगा किचन स्थापना गरिने अर्थमन्त्री पुनले बताउनुभयाे ।
