काठमाडाैं । सरकारले सहरी विकास मन्त्रालयका लागि ९२ अर्ब ६३ कराेड रुपैयाँ बजेट विनियाेजन गरेकाे छ ।
मंगलबार संघीय संसद्का दुवै सदनकाे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८१-०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सहरी विकास मन्त्रालयका लागि ९२ अर्ब ६३ कराेड रुपैयाँ बजेट विनियाेजन गरिएकाे जानकारी दिनुभयाे ।
