काठमाडाैं । सरकारले प्रधानमन्त्री छोरी कार्यक्रमका लागि १० करोड बजेट विनियाेजन गरेकाे छ ।
मंगलबार संघीय संसद्का दुवै सदनकाे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८१-०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमको अन्तर्गत छोरीलाई रोजगार उन्मुख शिक्षा प्रदान गर्नका लागि १० कराेड रुपैयाँ बजेट विनियोजन गरिएकाे बताउनुभयाे ।
