काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष 'हाम्रा बाआमा, हाम्रो जिम्मेवारी' अभियान सञ्चालन गर्ने घोषणा गरेको छ ।
मंगलबार संघीय संसद्का दुवै सदनकाे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८१-०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष 'हाम्रा बाआमा, हाम्रो जिम्मेवारी' अभियान सञ्चालन गरिने घोषणा गर्नुभयाे ।
