सरकारले आगामी आर्थिक वर्षका लागि कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ ।
मंगलबार संघीय संसद्का दुवै सदनकाे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८१-०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्ब ३० कराेड रुपैयाँको बजेट ल्याइएकाे बताउनुभयाे ।
जसमा चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड (१८.९४ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड (१९.७४) रहेकाे उहाँले बताउनुभयाे ।
