काठमाडाैं । सरकारले आलु, प्याज, स्याउ, तरकारी तथा फलफूलमा लगाइएकाे मूल्य अभिवृद्धि कर खारेज गरेको छ ।
मंगलबार संघीय संसद्का दुवै सदनकाे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८१-०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आलु प्याज स्याउ लगायत तरकारी तथा फलफूलमा लगाइएकाे मूल्य अभिवृद्धि कर खारेज गरिएकाे जानकारी दिनुभयाे ।
मदिरा, वियर, सूर्ती र चुराेटमा लगाइएकाे अन्तशुल्क वृद्धि गरिएकाे पनि उहाँले बताउनुभयाे ।
