काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएकाे छ ।
मंगलबार संघीय संसद्का दुवै सदनकाे संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएकाे हाे ।
उहाँले कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब रहेको बताउनुभयाे ।
यो चालु आर्थिक वर्षको तुलनामा ६ दशमलव २ प्रतिशतले धेरै हो । यो संशोधित बजेट भन्दा २१ दशमलव ५६ प्रतिशत धेरै हो ।
हेर्नुस् पूर्णपाठ :
