काठमाडाैं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि आगामी आर्थिक वर्षका लागि ८६ अर्ब २४ करोड रुपैयाँ बजेट विनियाेजन भएकाे छ ।
मंगलबार संघीय संसद्काे दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले स्वास्थ्य मन्त्रालयका लागि ८६ अर्ब २४ करोड विनियोजन गरेको बताउनुभयाे ।
कीर्तिपुरकाे वर्न अस्पतालकाे पूर्वाधार विकास गरिने, भेरी अस्पताललाई सिकलसेल एनिमिया उपचार केन्द्रका रुपमा विकास गरिने उहाँले बताउनुभयाे ।
मानसिक अस्पताल पाटनकाे सेवा विस्तार गरिने र पाटन अस्पतालमा कलेजाे प्रत्यराेपण सेवा विस्तार गरिने अर्थमन्त्री पुनले बताउनुभयाे । रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि आवश्यक बजेट छुट्याइएकाे उहाँले बताउनुभयाे ।
