काठमाडाैं । आगामी आर्थिक वर्ष २०८१-८२ काे आर्थिक वर्ष २०८१-८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रतिनिधि सभामा टेबुल भएकाे छ ।
मंगलबार साँझ बसेकाे प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गर्नुभएकाे हाे ।
यसअघि आजै दिउँसाे बसेकाे संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे संयुक्त बैठकमा अर्थमन्त्री पुनले बजेट प्रस्तुत गर्नुभएकाे थियाे ।
बजेटमाथि छलफलका लागि जेठ २०, २१ र २२ गतेकाे दिन ताेकेकाे सभामुख देवराज घिमिरेले जानकारी दिनुभयाे । बजेटमाथि उठेका प्रश्नकाे अर्थमन्त्री पुनले जवाफ दिन जेठ २३ गतेकाे दिन ताेकेकाे उहाँले जानकारी गराउनुभयाे ।
