काठमाडाैं । आर्थिक विधेयक, २०८१ प्रतिनिधि सभामा पेस भएकाे छ ।
मंगलबार साँझ बसेकाे प्रतिनिधि सभाकाे बैठकमा अर्थमन्त्री वर्षमान पुनले साे विधेयक पेस गर्नुभएकाे हाे ।
उहाँले नेपाल सरकारकाे अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न, केही महशुल कर, शुल्क र दस्तुर लगाउन, लगाइराखेकालाई चालु राख्न, हेरफेर गर्न तथा राजस्व प्रशासन सम्बन्धी प्रचलित केही कानुनलाई संशाेधन गर्नका लागि याे विधेयक पेस गर्नुपरेकाे बताउनुभयाे ।
