काठमाडौं । सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ९ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ ।
मंगलबार संघीय संसद्का दुवै सदनकाे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८१-०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ९ अर्ब २८ करोड बजेट विनियाेजन गरिएकाे बताउनुभयाे ।
सरकारले उद्याेग मन्त्रालयमा चालु आर्थिक वर्षका लागि ९ अर्ब ४६ करोड विनियोजन गरेको थियो ।
