काठमाडाैं । सरकारले आगामी आव ०८१-८२ मा वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
मंगलबार संघीय संसद्का दुवै सदनकाे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८१-०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन गरिएकाे जानकारी दिनुभयाे ।
वन क्षेत्रकाे दीगाे व्यवस्थापन गरी व्यवसायिक उपयाेग गरिने उहाँले बताउनुभयाे । उच्च मूल्ययुक्त जडिबुटीकाे व्यपसायिक खेती प्रवर्द्धन गर्न गुणस्तरीय बिरुवा उत्पादन गरिने उहाँले बताउनुभयाे ।
