काठमाडाैं । सरकारले युवा तथा खेलकुद मन्त्रालयमा आगामी आर्थिक वर्षका लागि ३ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
मंगलबार संघीय संसद्का दुवै सदनकाे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८१-०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले युवा मन्त्रालयलाई ३ अर्ब ५० करोड विनियोजन गरिएकाे बताउनुभयाे ।
राष्ट्र निर्माणमा युवा परिचालन कार्यक्रम सञ्चालन गरिने मन्त्री पुनले बताउनुभयाे । विश्वविद्यालयबाट अध्ययन सम्पन्न गरी कामको खोजीमा रहेका युवालाई विभिन्न सार्वजनिक निकाय र निजी क्षेत्रसँगकाे सहकार्यमा उद्योग, व्यवसाय, कृषि तथा पशुपंक्षी फर्म, वन, होटल, पर्यटन, निर्माण क्षेत्रमा कार्यस्थलमा तालिम दिइ कम्तीमा १ लाख युवालाई रोजगारी सुनिश्चित गरिने गरी ३ अर्ब बजेट विनियाेजन गरिएकाे उहाँले बताउनुभयाे ।
सबैका लागि खेलकुदकाे अवसर सृजना गरिने उहाँले बताउनुभयाे ।
