काठमाडाैं । सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा आगामी आर्थिक वर्षका लागि १ अर्ब ६० करोड रुपैयाँ बजेट विनियाेजन गरेकाे छ ।
मंगलबार संघीय संसद्का दुवै सदनकाे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८१-०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले १ अर्ब ६० करोड रुपैयाँ बजेट विनियाेजन गरिएकाे बताउनुभयाे ।
आगामी आर्थिक वर्षलाई 'महिलामा लगानी' वर्षको रूपमा मनाइने पनि अर्थमन्त्री महतले बताउनुभयाे । 'हाम्रा बाआमा, हाम्राे जिम्मेवारी' अभियान सञ्चालन गरिने उहाँले बताउनुभयाे ।
