काठमाडाैं । सरकारले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आर्थिक वर्ष २०८१-८२ लागि ८ अर्ब १० करोड रुपैयाँ बजेट विनियाेजन गरेकाे छ ।
संसद्का दुवै सदनकाे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८१-०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब १० करोड रुपैयाँ बजेट विनियाेजन गरिएकाे बताउनुभयाे ।
उहाँले सातै प्रदेशका १ हजार जना युवालाई स्वरोजगार बनाउन ४३ करोड रुपैयाँ बजेट विनियोजन गरिएकाे बताउनुभयाे । वैदेशिक रोजगारीमा जाने नेपालीलाई विना धितो ऋण दिइने पनि अर्थमन्त्री महतले बताउनुभयाे ।
