काठमाडौं । सरकारले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा आगामी आर्थिक वर्षका लागि ६ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरेको छ ।
मंगलबार संघीय संसद्का दुवै सदनकाे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८१-०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भूमि मन्त्रालयका लागि ६ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरिएकाे बताउनुभयाे ।
