काठमाडाैं । सरकारले परराष्ट्र मन्त्रालयमा आगामी आर्थिक वर्षका लागि ६ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
मंगलबार संघीय संसद्का दुवै सदनकाे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८१-०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले परराष्ट्र मन्त्रालयका लागि ६ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरिएकाे बताउनुभयाे ।
अन्तर्राष्ट्रिय, बहुपक्षीय तथा क्षेत्रीय मञ्चमा नेपालको उपस्थिति सशक्त बनाइने घाेषणा पनि गर्नुभयाे ।
