काठमाडौं । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आगामी आर्थिक वर्षका लागि १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
मंगलबार संघीय संसद्का दुवै सदनकाे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८१-०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले साे मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड बजेट विनियाेजन गरिएकाे जानकारी दिनुभयाे ।
