काठमाडाैं । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएकाे छ ।
राष्ट्रिय सभाका अध्यक्षकाे कार्यकक्ष सिंहदरबारमा शुक्रबार बसेकाे बैठकले जेठ मसान्तसम्मको बैठकको कार्यतालिका टुंग्याएको छ ।
आगामी आर्थिक वर्षकाे बजेटमाथिकाे छलफलमा सांसद्हरुलाई बाेल्नका लागि प्रदान गरिने समय र सभाकाे परिमार्जित कार्यातालिका लगायत विषयमा बैठकमा छलफल भएकाे थियाे ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभाको बैठकलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि सकारात्मक सहयोग गर्न राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई आग्रह गर्नुभयो ।
राष्ट्रिय सभाकाे भाेलि बस्ने बैठकमा बजेटमाथि छलफल हुँदैछ ।
