काठमाडाैं । संघीय संसद्मा भोलिदेखि आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेटमाथि छलफल सुरु हुने भएको छ ।
संघीय संसद् सचिवालयले भाेलि बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठककाे सम्भावित कार्यसूची तय गरेकाे छ ।
बिहान ११ बजे सुरु हुने प्रतिनिधि सभा बैठक र दिउँसो सवा १ बजे सुरु हुने राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल प्रारम्भ गरियाेस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । त्यसपछि बजेटमाथि सामान्य छलफल सुरु हुनेछ ।
यही जेठ १५ गते संघीय संसद्को दुवै सदनकाे संयुक्त बैठकमा अर्थमन्त्री पुनले बजेट पेस गर्नुभएकाे थियाे ।
प्रतिनिधि सभामा बजेटमाथि छलफलका लागि जेठ २०, २१ र २२ गतेकाे दिन ताेकिएकाे छ । छलफलपछि बजेटमाथि उठेका प्रश्नकाे अर्थमन्त्री पुनले जवाफ जेठ २३ गते जवाफ दिनुहुनेछ र बजेट पारित गरिनेछ ।
