काठमाडाैं । संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभामा आज बस्दैछ ।
दुवै सदनकाे बैठकमा आजदेखि आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेटमाथि छलफल सुरु हुने संघीय संसद् सचिवालयले जनाएकाे छ ।
बिहान ११ बजे सुरु हुने प्रतिनिधि सभा बैठक र दिउँसो सवा १ बजे सुरु हुने राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल प्रारम्भ गरियाेस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने संघीय संसद् सचिवालयले जनाएकाे छ ।
त्यसपछि बजेटमाथि सामान्य छलफल सुरु हुनेछ । यही जेठ १५ गते संघीय संसद्को दुवै सदनकाे संयुक्त बैठकमा अर्थमन्त्री पुनले बजेट पेस गर्नुभएकाे थियाे ।
प्रतिनिधि सभामा बजेटमाथि छलफलका लागि जेठ २०, २१ र २२ गतेकाे दिन ताेकिएकाे छ । छलफलपछि बजेटमाथि उठेका प्रश्नकाे अर्थमन्त्री पुनले जवाफ जेठ २३ गते जवाफ दिनुहुनेछ र बजेट पारित गरिनेछ ।
