काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का सांसद् असिम शाहले सदन अवरुद्ध गर्न नहुने बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् शाहले सदन अवराेधकाे विकल्प खाेज्नुपर्ने बताउनुभयाे ।
लगातार संसद् अवरुराेधले जनताका कुरा उठाउन र समस्या समाधानका लागि सरकारलाई झकझकाउनबाट बञ्जित गरेकाे भन्दै उहाँले यसले देशभर सांसद्माथि आम नागरिककाे विश्वास र भराेसा विश्वास गुम्दै गएकाे बताउनुभयाे ।
चक्काजाम र नेपाल बन्दकाे विकल्प खाेज्दै आउँदा र नागरिकले समेत अस्वीकार गर्दा नेपाल बन्द करिब बन्द भएकाे भन्दै सांसद् साहले सदन अवराेध पनि विकल्प खाेज्नुपर्ने बताउनुभयाे । 'नत्र जनता नै विकल्पकाे खाेजीमा जानेछन्, सदनकाे बैठक बस्न नदिने, नियमित कामकारबाही राेक्ने जस्ता गतिविधि गलत हुन्, सदनलाई राजनीतिक दाउपेचकाे बन्दी बनाउनुहुँदैन, म र मेराे दल सदन बन्दलाई नाे नट अगेन भन्छाैं, जनताले नै नाे नट अगेन भन्नेछन्'- उहाँले भन्नुभयाे ।
लामाे समयपछि सदनकाे अवराेध खुलेर बाेल्न पाउँदा खुशी लागेकाे सांसद् शाहले बताउनुभयाे । 'यदि सदन खुलेकाे भए देशभर डढेलाेले पुर्याएकाे क्षतिबारे आवाज समयमा उठाउन मन थियाे, इन्टरनेट सेवामा आएकाे अवराेधबारे छलफल गर्न मन थियाे, खडेरीका कारण देखिएकाे खानेपानी हाहाकारबारे कुरा गर्न मन थियाे, ती खराब सहकारी सञ्चालकाे पछि लागाैं भन्न मन थियाे जाे अब सम्पत्ति बेचेर दुबइ सेटल हुँदैछन्'- उहाँले भन्नुभयाे ।
रास्वपाकै सांसद् डा. चन्दा कार्कीले पनि सदन अवराेध जस्ता गतिविधि अन्त्य हुनुपर्ने बताउनुभयाे ।
