काठमाडौं । प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले क्रिकेटर रवि लामिछानेलाई खेल खेल्न जान भिसा नदिएर अमेरिकाले नेपालको अपमान गरेको बताउनुभएको छ ।
यसमा सरकार र सांसदहरू चुइँक्क नबोलेको भन्दै उहाँले आलोचना गर्नुभयो । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै शाहीले एउटा अन्तर्राष्ट्रिय स्तरको खेलाडीलाई खेल्न जोन व्यवस्था समेत मिलाउन नसक्ने खेलकुद मन्त्रालय र परराष्ट्र मन्त्रालय निकम्मा साबित भएको बताउनुभयो । ‘हामीले पञ्चशीलताको आधारमा परराष्ट्र नीति बनाएको हो कि पार्टीको कार्यकर्ताको मेनिफेस्टोको आधारमा परराष्ट्र नीति बनाएको ?’ उहाँले प्रश्न गर्नुभयो ।
सन्दीप लामिछानेलाई भिसा नदिएर अमेरिकाले नेपालको पञ्चशीलताको सिद्धान्त माथि नै हस्तक्षेप गरेको शाहीले बताउनुभयो । अमेरिकाले नेपालको परराष्ट्र नीति माथि अमेरिकाले हस्तक्षेप गरेको उहाँको भनाइ छ ।
शाहीले नेपाल अमेरिकाबिचको परराष्ट्र नीतिमा कुनै पनि देशको आन्तरिक विषयमा हस्तक्षेप गर्ने कुरालाई स्वीकार नगर्ने नीतिमै समावेश भए पनि उच्च अदालतले निर्दोष साबित गरेको र आइसीसीले समेत स्वीकृति दिएको व्यक्तिलाई अमेरिकाले भिसा नदिएको उहाँले बताउनभयो । ‘सन्दीपलाई भिसा नदिनु सिङ्गो देशमाथि अमेरिकाले गरेको अपमान हो’, उहाँले भन्नुभयो ।
