काठमाडाैं । प्रतिनिधि सभामा आगामी वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिकाे छलफल सुरु भएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल प्रारम्भ गरियाेस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएकाे छ ।
अहिले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद् डा. प्रकाशशरण महतले बजेटमाथि आफ्ना विचार राखिरहनुभएकाे छ ।
