काठमाडौं । मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत भएकाे छ ।
आइतबार बसेकाे राष्ट्रिय सभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पेस गर्नुभएकाे मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएकाे हाे ।
विधेयकमाथिकाे सैद्धान्तिक छलफलमा बाेल्दै सांसद्हरुले विधेयक ल्याउनु स्वागतयाेग्य भएकाे सञ्चार क्षेत्रमा देखिएका विकृति राेक्न विधेयक उचित रहेकाे, विधेयक संसद्काे यही कार्यकालमा पारित हुनुपर्ने बताएका थिए ।
विधेयकमाथि सांसद्ले उठाएका जिज्ञासाकाे सञ्चारमन्त्री शर्माले जवाफ दिनुभएकाे थियाे ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले विधेयकमाथि संशाेधन राख्न चाहाने सांसद्लाई राष्ट्रिय सभाकाे विधेयक शाखामा सूचना दिन अनुराेध गर्नुभयाे ।
