काठमाडाैं । नेकपा एमालेका सांसद् रघुजी पन्तले सरकारले ल्याएकाे बजेट आफैमा अन्तरविराेधी देखिएकाे बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा आगामी वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिकाे छलफलमा भाग लिँदै सांसद् पन्तलेबजेटमा राम्रा कुरा रहेका तर पर्याप्त बजेट नछुट्याइएकाे बताउनुभयाे ।
कृषिमा लगानीकाे दशककाे घाेषणा गर्नुभएकाे तर कृषि मन्त्रालयकाे बजेट घटेकाे उहाँले बताउनुभयाे । महिला र बालबालिकालाई जाेड दिने लैंगिक समानताकाे कुरा बजेटमा रहेकाे तर महिला बालबालिका मन्त्रालयकाे बजेट घटेकाे बताउँदै सांसद् पन्तले प्रश्न गर्नुभयाे - 'मिल्याे ? मिलेन न त्यसैले बजेट आफैंभित्र अन्तरविराेधी छ, बजेटले तार्जेट एउटा गरेकाे छ, त्याे अनुसारकाे रकम छुट्याइएकाे छै ।'
पुँजीगत खर्चलाई दुरदर्शी र कडा भएर हेर्न उहाँले अर्थमन्त्री पुनलाई उहाँले आग्रह गर्नुभयाे । आन्तरिक ऋण त लिनै नसके राम्राे हुने समेत सांसद् पन्तले बताउनुभयाे ।
अर्थ मन्त्रालय र मुलुककाे अर्थतन्त्रलाई आर्थिक अनुशासनमा राख्न समेत उहाँले अर्थमन्त्रीलाई आग्रह गर्नुभयाे ।
