काठमाडाैं । नेपाली कांग्रेसका सांसद् ज्ञानेन्द्र बहादुर कार्कीले बजेटमा पुँजीगत खर्च बढाउने ठाेस याेजना नरहेकाे बताउनुभएकाे छ ।
सोमबार बसेकाे प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१०-८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको सामान्य छलफलमा भाग लिँदै सांसद् कार्कीले पुँजीगत खर्च बढाउने याेजना बजेटमा नराखिएकाे बताउनुभयाे । 'बजेटमा पुँजीगत खर्च बढाउने खासै याेजना छैन, म एउटा अर्थमन्त्रीलाई मात्रै पुँजीगत खर्च बढाउन सकेनस् भनेर गाली गर्ने पक्षमा छैन, पुँजीगत खर्च बढाउने ठाेस याेजना ल्याउनुपर्थ्याे, त्याे ठाेस याेजना याे बजेटमा छैन'- उहाँले भन्नुभयाे ।
अहिलेकाे आर्थिक समस्याकाे मूल जड नै पुँजीगत खर्च भएकाे भन्दै सांसद् कार्कीले पुँजीगत खर्च नभइ मुलुककाे अर्थतन्त्रले गति लिन नसक्ने बताउनुभयाे ।
देशमा आयात बढेकाे तर निर्यात बढ्न नसकेकाे र हालै भएकाे लगानी सम्मेलन कर्मकाण्डी रुपमा समाप्त भएकाे आराेप उहाँले लगाउनुभयाे । अहिले रकम भन्दा पनि मनाेबलकाे कमी भएकाे बताउनुभयाे ।
