काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी-स्टेट काण्डबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग सोध्न आग्रह गर्नुभएकाे छ ।
साेमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीका प्रश्नकाे संक्षिप्त जवाफ दिँदै अध्यक्ष ओलीले साे आग्रह गर्नुभएकाे हाे । गिरिबन्धु टी-स्टेटबारे प्रश्न उठिरहेको छ नि भन्ने सञ्चारकर्मीकाे प्रश्नमा उहाँले भन्नुभयाे - 'बालेनलाई सोध्नुस् ।'
गिरिबन्धु टी-स्टेटबारे मेयर शाहले अध्यक्ष ओलीमाथि लगातार सामाजिक सञ्चालमार्फत प्रहार गरिरहनुभएकाे छ । मेयर शाहले साेमबार बिहान पनि सामाजिक सञ्जालमा स्टाटस लेख्दै एमाले अध्यक्ष ओलीलाई गिरिबन्धु टी-स्टेट काण्डमा जाेड्दै आराेप लगाउनुभएकाे थियाे । १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुल्याउन सम्पूर्ण राज्य शक्ति लगाएर न्युरोडमा महानगरले बनाउन लागेको फुटपाथलाई फेरि सडक बनाउन लागेको आरोप लगाउनुभएकाे थियाे । सडक विभागकाे क्षेत्राधिकार पर्ने साे सडकमा बालेनले भने ओलीलाई मुछ्नुभएकाे छ ।
