काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक आज पनि बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा आजपनि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ ।
बैठकमा ३ वटा शाेक प्रस्ताव पारित गर्ने कार्यसूची पनि रहेकाे संसद् सचिवालयले जनाएकाे छ । ०६४ सालको संविधान सभामा ताप्लेजुङ निर्वाचन क्षेत्र नम्बर-१ बाट निर्वाचित संविधान सभा सदस्य तथा पूर्व श्रम तथा रोजगार र स्थानीय विकासमन्त्री सूर्यमान गुरूङको निधनप्रति शोकप्रस्ताव पारित गर्ने कार्यसूची छ ।
२०४८ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट बाँके निर्वाचन क्षेत्र नम्बर-१ बाट निर्वाचित शैयद मेहराज अहमद शाहको निधनप्रति पनि शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।
२०५८ सालमा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका खगेन्द्रराज रेग्मीको निधनप्रति शोकप्रस्ताव पारित गर्ने कार्यसूची छ ।
