काठमाडौं । प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार केसी प्रतिनिधि सभामा मुलुकको गोप्य सूचना बेच्ने मानिस छ भनि गृह मन्त्रीले दिनुभएको अभिव्यक्ति निक्कै गम्भीर भएको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै केसीले यो आन्तरिक विषय मात्र नभएर बाह्य सम्बन्धको विषय समेत भएकोले गम्भीर विषय भएको बताउनुभयो । ‘नेपाली जनता हेर्न चाहन्छन्, यो संसद्मा को रहेछ विदेशमा देशको गोप्य सूचना बेच्ने, कहिले, कहाँ, कसरी, कति मूल्यमा देशको त्यो गोप्य सूचना बेचियो ?’, उहाँले प्रश्न गर्नुभयो ।
सभामुखलाई नै साक्षी राखेर गृह मन्त्रीले देशको गोप्य सूचना विदेशमा बेच्ने मान्छे संसद् भित्र छ भनिएकोले सो विषय त्यसै छाड्न मिल्ने विषय नभएको उहाँले उहाँले बताउनुभयो । त्यस विषयमा सरकार र गृह मन्त्रीको स्पष्ट धारणा आउनु पर्ने उहाँले माग गर्नुभयो । यसमा सभामुखले रुलिङ गर्नुपर्ने केसीले माग गर्नुभयो ।
