काठमाडौं । नेपाली कांग्रेसका सांसद् अर्जुननरसिंह केसीले सरकारले ल्याएकाे बजेट वितरणमुखी रहेकाे बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभामा बैठकमा आगामी आर्थिक वर्ष २०८१-०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलमा भाग लिँदै सांसद् केसीले बजेटले जनप्रियतामा आधारित नभएकाे बताउनुभयाे ।
चालु खर्चमा निर्मम कटाैती गर्ने आँट बजेटले नगरेकाे उहाँले बताउनुभयाे । निजी क्षेत्रलाई प्राेत्साहन गर्नेगरी बजेट आउनु भने सकारात्मक रहेकाे सांसद् केसीले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'हुन् त यस वर्ष निजी क्षेत्रलाई यसपाली केही प्राेत्साहन गर्नेगरी बजेटमा उल्लेख गरेकाे पाएकाे छु ।' सहकारी लुटिखाने र ठगी खाने भाँडाे भएकाे उहाँले बताउनुभयाे ।
ऋणकाे पासाेमा अल्झिएकाे बजेट भएकाे सांसद् केसीले बताउनुभयाे । बजेट गरिबी र बेराेजगारी नियन्त्रण, ग्रामिण विकासमा केन्द्रित नभएकाे उहाँले बताउनुभयाे ।
बजेट महत्वकांक्षी भएकाे समेत सांसद् केसीले बताउनुभयाे । आर्थिक संकटतर्फ उन्मुख मुलुकमा त्यसलाई सम्बाेधन गर्नेगरी आउनुपर्नेमा त्यसरी नआएकाे उहाँले बताउनुभयाे ।
विदेशी भन्दा आन्तरिक ऋण लिने कुरा बजेटमा राखिुन गलत भएकाे सांसद् केसीले बताउनुभयाे । विद्युतीय सवारी साधनमा कर बढाइएकाे आफ्नाे आपत्ति रहेकाे उहाँले बताउनुभयाे ।
अहिलेसम्म देखिएका सुन लगायत सबै काण्डकाे छानबिन गर्न सरकारलाई चुनाैती दिँदै उहाँले भन्नुभयाे - '२०५८ पछिकाे छानबिन कसरी गर्नुपर्छ सरकारले गराेस् ।'
