काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ ।
संघीय संसद् भवन नयाँ बानेश्वमा बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलले आज पनि निरन्तरता पाउने संसद् सचिवालयले जनाएको छ । आजकै बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची राखिएको छ ।
बैठकमा अर्थमन्त्री पुनले ‘विनियोजन विधेयक, २०८१’ प्रस्तुत गर्ने, ‘विनियोजन विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्माणार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सांसद प्रेम सुवालले नै ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ प्रस्तुत गर्ने र त्यसलाई निर्माणार्थ प्रस्तुत गरिने पनि कार्यसूचीमा उल्लेख छ ।
आजै ‘भन्सार महसुल विधेयक, २०८१’ पनि सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
