काठमाडाैं । नेकपा एमालेकी सांसद् शाेभा ज्ञवालीले कृषकलाई समयमै सहज रुपमा रासायनिक मल उपलब्ध गराउन सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् ज्ञवालीले धान लगायत वर्षे बाली लगाउने बेला भएकाले कृषकलाई सहज रुपमा मल उलब्ध गराउन सम्बन्धित निकायकाे ध्यानाकर्षण गराउनुभयाे ।
'याे वर्ष पनि धान लगायत अन्य वर्षे बाली लगायन बेला भइसक्याे, विगत वर्षमा जस्तै याे वर्ष पनि रासायनिक मल नपाएर कृषकहरु छटपटिइरहेका छन्, त्यसकारण सहज रुपमा कृषकलाई रासायनिक मल उपलब्ध गराउन सम्बन्धित निकायकाे ध्यानाकर्षण गराउँछु'- उहाँले भन्नुभयाे ।
