काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेत सन्ताेष परियारले ढाेरपाटन क्षेत्रकाे पर्यटन विकासका लागि ध्यान दिन सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै प्रमुख सचेतक परियारले आफू केही दिन अघि ढाेरपाटन क्षेत्र पुगेकाे र त्यहाँकाे पर्यटकीय महत्व असाध्यै राम्राे रहेकाे पाएकाे बताउनुभयाे । 'ढाेरपाटन घुमेर आउँदा एउटा महशुस भयाे, त्यहाँकाे पर्यटकीय महत्व एकदमै राम्राे छ, नेपाल राज्यले ध्यान दिने हाे भने त्यसलाई नेपाल राज्यकाे पर्यटकीय स्थलकाे रुपमा विकास गर्न सकिन्छ, यसर्थ सरकारका पर्यटन मन्त्रीलाई ढाेरपाटन क्षेत्रकाे पर्यटकीय विकासका लागि ध्यान दिन अनुराेध गर्दछु'- उहाँले भन्नुभयाे ।
बाग्लुङ लगायत ठाउँमा जाने क्रममा बाटाे अवस्था बेहाल रहेकाे पाइएकाे भन्दै प्रमुख सचेतक परियारले बर्खा लाग्दा आम जनतालाई आवतजावत गर्न बाटाेकाे सुविधा झन् खराब हुनु दु:खद भएकाे बताउनुभयाे । यसमा ध्यान दिएर जनतालाई सहज रुपमा आवतजावत गर्न बाटाेकाे अवस्था राम्राे बनाउन उहाँले सरकारलाई आग्रह गर्नुभयाे ।
