काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्न जान अमेरिकाले भिसा नदिएको विषय प्रतिनिधि सभामा उठेकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै नेपाली कांग्रेसका सांसद् शंकर भण्डारीले सन्दीपलाई अमेरिकाले भिसा नदिनुकाे कारण सदनलाई जानकारी गराउन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
'सन्दीप लामिछानेकाे भिसाकाे विषयमा भएकाे के हाे ? भिसाकाे धेरै ठूलाे विषय उठान भएकाे छ, सरकारलाई आग्रह गर्छु भएकाे के हाे ?सदनलाई जानकारी गराइयाेस्'- उहाँले भन्नुभयाे ।
सांसद् भण्डारीले टी-२० विश्वकप क्रिकेट खेलिरहेकाे नेपाललाई शुभकामना पनि दिनुभयाे ।
