काठमाडाैं । नेकपा एमालेका सांसद् ईश्वरबहादुर रिजालले मे २९ तारिखलाई सगरमाथा दिवसका रुपमा मनाउन र सगरमाथा संवाद कार्यक्रमलाई निरन्तरता दिन माग गर्नुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१-८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलमा भाग लिँदै सांसद् रिजालले सगरमाथा संवाद कार्यक्रमलाई बजेटमा समावेश गर्न सरकारकाे ध्यानार्षण गराउनुभयाे ।
बजेटमा समावेश भएका केही नयाँ कार्यक्रम सकारात्मक रहेको भन्दै उहाँले तिनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभयाे । नीति तथा कार्यक्रम बन्नु भन्दा पहिला प्रधानमन्त्री र बजेट बन्नुभन्दा पहिला अर्थमन्त्रीसँग सांसद्ले छलफल गर्न पाउनुपर्ने व्यवस्था थाल्नुपर्ने समेत उहाँले बताउनुभयाे ।
गाँजा खेतीका लागि कानुन बनाउनुअघि बृहत् अध्ययन गर्नुपर्ने सुझाव पनि सांसद् रिजालले बताउनुभयाे ।
