काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक निशा डाँगीले बिना आधारका पूर्वाधारमा राज्यले सबैभन्दा धैरै लगानी गरिरहेकाे भन्दै याे राेक्नुपर्ने बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सचेतक डाँगीले लाभ र आवश्यकता समेत पुष्टि नगरी हरेक वर्ष नयाँ याेजना समावेश गर्ने काम हुँदै आएकाे बताउनुभयाे । त्याे याेजनाले के गर्छ ? कसकाे लागि के गर्छ ? आवश्यक छ कि छैन ? भन्ने थाहा नभइ याेजना घाेषणा गर्ने प्रवृत्ति हरेकाे उहाँले बताउनुभयाे ।
सीमित स्राेत र बजेट हुँदापनि हरेक वर्ष असिमित याेजना घाेषणा गर्ने काम हुँदै आएकाे बताउनुभयाे । संघ प्रदेशदेखि स्थानीय तहसम्म बजेटकाे ठूलाे हिस्सा भ्युटावर, स्वागत गेट र कंक्रिटमा रहेकाे प्रतिमामा खर्च भइराखेकाे उहाँले बताउनुभयाे हरेक जिल्ला र गाउँमा विकासकाे यस्तै ट्रेन चलिरहेकाे सचेतक डाँगीले
एकातर्फ बिना आधारका पूर्वाधारमा लगानी गरेर राज्यले अर्बाैं अर्ब खेर गइरहेकाे र अर्काेतर्फ आवश्यक र आधारभूत पूर्वाधारकाे आवश्यकतामा काम नभएर जनताले दु:ख पाएका उहाँले बताउनुभयाे । पर्याप्त र सुरक्षित सडककाे अभावमा जनता जाेखिम माेलेर यात्रा गर्न वाध्य भएकाे, आवश्यक ठाउँमा पुल नभएर नागरिकले ज्यान गुमाउन वाध्य भएका र आवश्यक ठाउँमा पूर्वाधार निर्माण नगरिदिएर राज्यले हरेक वर्ष जनताकाे हत्या गरिराखेकाे समेत उहाँले बताउनुभयाे ।
नेपालमा राष्ट्रिय गाैरवका आयाेजना धेरै रहेका तर तीमध्ये अधिकांश आयाेजना सामाजिक आर्थिक मूल्यांकन नगरिएकाे बताउनुभयाे । राजनीतिक लाभका लागि स्राेतकाे सुनिश्चितता नगरी आयाेजना घाेषणा गर्दा जनमानसमा विकासप्रति अविश्वास सृजना गर्ने काम भएकाे उहाँले बताउनुभयाे ।
मध्यपहाडी लाेकमार्ग पूर्ण रुपमा सञ्चालन हुन नसकेकाे, उत्तदक्षिण लाेकमार्गकाे नाममा काेशी, कालिगण्डकी र कर्णाली करिडाेर वर्षाैदेखि अलपत्र भएकाे, हुलाकी राजमार्ग बेहाल भएकाे, पूर्वपश्चिम विद्युतीय रेलमार्ग यत्तिक्कै थन्किएकाे भन्दै उहाँले यसबाट राष्ट्रिय गाैरवका आयाेजनामा गम्भीर हुन नसकेकाे प्रमाणित भएकाे बताउनुभयाे ।
सबै आवश्यक पूर्वाधार राज्यकाे प्राथमिकता र राष्ट्रिय गाैरवका आयाेजना उच्च प्राथमिकतामा पर्नुपर्नेमा त्यस्ताे अवस्था नरहेकाे सचेतक डाँगीले बताउनुभयाे ।
बुढीगण्डकी सुरु गरिनेछ भनेर सुनेकाे १० वर्ष बितेकाे, भेरी बबई आयाेजनाकाे सुरुङ छिचाेलिएकाे ५ वर्ष बित्दा पनि पूरा नभएकाे, सुनकाेशी मरिण डाइभर्सनकाे सुरुङ छिचाेलिनेपनि अरु काम बाँकी रहेकाे, काठमाडाैं मधेश द्रुत मार्गपनि पूरा नभएकाे, मेलम्ची आयाेजनकाे हालत त्यस्तै रहेकाे समेत उहाँले बताउनुभयाे । पश्चिम सेती आयाेजना त हराएकै अवस्थामा रहेकाे उहाँले बताउनुभयाे ।
आधार बिनाकाे पूर्वाधारमा लगानी बन्द गर्न, अप्रयाप्त स्राेतकाे धरातल थाहा हुँदाहुँदै राजनीतिक लाभका लागि असम्भव याेजना घाेषणा नगर्न, राष्ट्रिय गाैरवका आयाेजना प्रधानमन्त्री वा मन्त्रीकाे व्यक्तिगत चाहाना नभइ एउटा कंक्रिट मापदण्डकाे आधारमा छनाेट गर्न र स्राेतकाे सुनिश्चितताबिना पूर्वाधारमा आंशिक लगानी गर्नु नागरिकका लागि धाेका भएकाले याे प्रवृत्ति अन्त्य गर्न सचेतक डाँगीले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
