काठमाडाैं । अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौता अनुमाेदनसम्बन्धी प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभामा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेतले पेस गर्नुभएकाे 'अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौता अनुमोदन गरियोस्' भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएकाे हाे । प्रस्तावलाई निर्णयार्थ पेस गर्दै सभामुख देवराज घिमिरेले सर्वसम्मतिले पारित भएकाे बताउनुभयाे ।
त्यसअघि साे प्रस्तावमाथिको छलफलमा सांसदहरू रघुजी पन्त, माधव सापकोटा, जुली महतो, लालप्रसाद सावा लिम्बू, अमरबहादुर थापा, देवेन्द्र पौडेल, प्रेम सुवाल, ध्रुवबहादुर प्रधान, राजेन्द्र केसी, नागिना यादवले भाग लिनुभएकाे थियाे । छलफलमा उठेका प्रश्नको मन्त्री बस्नेतले जवाफ दिनुभएकाे थियाे ।
त्यसपछि साे प्रस्तावलाई निर्णयार्थ पेस गर्दै सभामुख देवराज घिमिरेले सर्वसम्मतिले पारित भएकाे बताउनुभयाे ।
