काठमाडाैं । 'विनियाेजन विधेयक, २०८१ माथि विचार गरियाेस्' भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत भएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले पेस गर्नुभएकाे विनियाेजन विधेयक, २०८० माथि विचार गरियाेस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएकाे हाे ।
प्रस्तावलाई निर्णयार्थ पेस गर्दै सभामुखको आसनमा आसिन उपसभामुख इन्दिरा रानाले बहुमतले स्वीकृत भएकाे घाेषणा गर्नुभयाे । विनियाेजन विधेयककाे मन्त्रालयगत एवं सचिवालयका विभिन्न शीर्षकमाथि छलफल गर्न र सम्बन्धित मन्त्रीले उत्तर दिनका लागि जेठ २७ देखि असार ४ गतेसम्मकाे समय ताेकिएकाे उहाँले बताउनुभयाे ।
