काठमाडाैं । नेकपा एमालेका सांसद् रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै भएकाे भारत भ्रमणबारे सदनलाई जानकारी गराउनुपर्ने बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै सांसद् पन्तले प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएकाे कुराकानीबारे सबैभन्दा पहिला सदनलाई जानकारी गराउनुपर्ने बताउनुभयाे ।
भारतीय प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी भएर फर्किएपछि प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यमसँग सबै विषयमा कुराकानी भएकाे बताउनुभएकाे भन्दै उहाँले के कुरा भयाे भन्नेबारे सदनलाई पहिला जानकारी गराउनुपर्ने बताउनुभयाे ।
नेपाल र भारतबीच रहेका विद्यमान समस्या त्यत्तिक्कै रहेका भन्दै उहाँले यस विषयमा सभामुखबाट रुलिङ हुनुपर्ने पनि सांसद् पन्तले बताउनुभयाे । 'सीमाकाे समस्या, ईपीजीकाे प्रतिवेदन, १९५० काे सन्धि त्यत्तिक्कै छ, भारतसँग थाती रहेका हाम्रा समस्या जस्ताका त्यस्तै विद्यमान छन्, त्यसैले सभामुखबाट आज रूलिङ हुनुपर्छ, प्रधानमन्त्रीले बोलेर आएपछि बोल्ने पहिलो ठाउँ भनेकाे संसद् हो, उहाँकाे भारतीय प्रधानमन्त्रीसँग उहाँको के-के विषयमा दि्पक्षीय पहुपक्षीय हित, सार्कमा विषयमा, नेपाल र भारतबीचमा थाती रहेका विभिन्न समस्या समाधान गर्ने विषयमा भारतका प्रधानमन्त्रीसँग के-के कुरामानी भयाे त्यो बाहिर आउनुपर्छ, अखबारमा भन्नुभयो ठिकै छ, संसद्लाई सम्मान गर्ने हो भने आजै उहाँले संसद्मा आएर भारत भ्रमणबारे, त्यहाँ भएको कुराकानीबारे विस्तृत रूपमा जानकारी दिनुपर्छ, त्यसैले सभामुखकाे ध्यानाकर्षण गर्दछु, रुलिङ हाेस् प्रधानमन्त्रीलाई'- उहाँले भन्नुभयाे ।
भारत भ्रमणमा के के भयाे र नेपाल र भारतबीच रहेका विद्यमान समस्या समाधान गर्नका लागि के के कुरा ठाेस रुपमा भए भन्ने संसद्ले जानकारी पाउनुपर्ने बताउनुभयाे । संसद्काे याे विशेषाधिकार भएकाे भन्दै उहाँले सभामुखले यसमा आँखा चिम्लिन नमिल्ने बताउनुभयाे ।
भारतकाे नेपाल नीति प्रष्ट रहेकाे तर नेपालकाे भारत नीति प्रष्ट नरहेकाे सांसद् पन्तले बताउनुभयाे । कांग्रेस आईले नेपाल र भुटानसँग विशेष सम्बन्ध रहेकाे कुरा चुनावी घाेषणापत्रमा लेखेकाे उहाँले बताउनुभयाे ।
सार्क लथालिंग भएकाे भन्दै उहाँले सार्ककाे अध्यक्ष भएकाे नेपालले आफ्नाे प्रष्ट धारणा राख्नुपर्ने बताउनुभपाे । सार्ककाे गतिविधि राेक्न नसकिने भन्दै सांसद् पन्तले कुनै देशमा विवाद आएकाे अवस्थामा हामी काठमाडाैंमा सम्मेलन गर्छाैं भनेर नेपालले अधिकारका लागि पहल लिनुपर्ने बताउनुभयाे ।
तेस्राे कार्यकालका भारतकाे प्रधानमन्त्री नियुक्त हुनुभएका माेदीकाे शपथ ग्रहण समराेहमा सहभागी हुन आइतबार भारत जानुभएका प्रधानमन्त्री प्रचण्ड साेमबार स्वदेश फर्किनुभएकाे थिाये ।
